मुख्य पर्यटकीय गन्तव्यहरु

कला र संस्कृतिक

वनभोज क्षेत्र

जनप्रतिनिधिको मन्तव्य

ज्वाला सिं साउँद

(अध्यक्ष)

नेपाल सरकारले २०७३ साल फागुन २२ गतेको मन्त्रीपरिषद्को निर्णय अनुसार साविकका ऋषिदह, ठाँटी, कुस्कोट, विन्धेवासनी, शोडषा, नन्देगडा र हात्तिकोट गाविस समेटी सुन्दरभूमि १५⁄२० क्षेत्र हाल मेल्लेख गाउँपालिका हुन पुगेको छ । १५⁄२० क्षेत्र राणाशासन कालमा हालको डोटी जिल्ला गौडामा अड्डा स्थापनागरी अछामबाट कुत र सिरतो (वालि वा कर) उठाउन विभिन्न क्षेत्रबाट सजिलो होस् भनेर कोटा तोकिएको थियो । हाम्रो क्षेत्रबाट १५⁄२० तिरो तिर्नुपर्ने भएकोले यस क्षेत्रलाई १५⁄२० भनिएको हो । मेल्लेख भन्ने शब्द यहाँ पूरै डाँडाभरी मेलैमेलका रुखहरु भएकाले यसलाई मेलरुख भन्ने गरिन्थ्यो । मेलरुखको अपभ्रम्स भएर यस ठाउँको नाम मेल्लेख भएको भनाई रहेको छ । नेपालको एकीकरण अघि शाहवंशीय शासकहरु मध्येका विम्कोटे राजाको शासन व्यवस्था यस क्षेत्रमा रहेको थियो ।

नृप बाहदुर खड्का

(उपाध्यक्ष)